एजेन्सी। बेलायतमा आज (सोमवार) नयाँ प्रधानमन्त्रीको घोषणा हुने भएको छ। सत्तारुढ दल कन्जरभेटिभ पार्टीको नेता रहेका जोनसनले झण्डै २ महिनाअघि राजिनामा दिएपछि रिक्त रहेको सो पदमा अन्तिम चरणमा लिज ट्रस र ऋषि सुनाकबीच प्रतिस्पर्धा हुदैछ ।
शुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा ८ जना उम्मेदवारी दिए पनि अन्तिममा दुईजनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताका लागि पार्टी सदस्यहरुले मतदान गरिसकेका छन् ।
उक्त मतदानको परिणाम भने बेलायती समय अनुसार दिउसो १२ बजे आइसक्ने जनाइएको छ । दुई प्रतिष्पर्धी ऋषि सुनाक र लिज ट्रसमध्ये एक जना पार्टी नेता चुनिएपछि बेलायत महारानीले नयाँ धानमन्त्री नियुक्ति गर्नेछिन् ।