Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  १० लाख स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ


    सोमबार, भाद्र २० २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रहरीले लागुऔषध ब्राउन सुगर बरामद गर्न जाँदा स्रोत नखुलेको साढे १० लाख रकमसहित दुई जना  दाजु बहिनीलाई पक्राउ गरेको छ । 

    पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१५ स्थित निलकोठी निवासी ३० वर्षीया अप्सरा खातुन (राजवंशी) र ४३ वर्षीय मोहम्मद मोसाद आलम रहेको प्रहरी कार्यालय झापाले बताएको छ। 

    इलाका प्रहरी कार्यालय धुलाबारी र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली विशेष सूचनाको आधारमा आइतबार बिहान ११ बजे अप्सराको घरमा लागुऔषध खनतलास गर्न पुगेको थियो।

    अप्सराको घरमा लागुऔषध बरामद नभए पनि ब्राउन सुगर नाप्ने मिनी डिजिटल तराजु दुई थान र नगद १० लाख ८२ हजार ५ सय रुपैयाँ बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक कैलाश अधिकारीले बताए।   

    पक्राउ परेका दुवैजनालाई  इलाका प्रहरी कार्यालय धुलाबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार