Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ


    सोमबार, भाद्र २० २०७९
    2.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। झापामा १८ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । मोरङ पथरी शनिश्चरे नगरपालिका-५ बस्ने २६ वर्षीय  तिर्थराज गेलाललाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    गत बुधबार गेलालले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले उनलाई सुनसरी इटहरी उपमहानगरपालिका-६ बाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार