काठमाडौँ । सप्तकोशी नदी किनारामा रहेको कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रमा जंगली हात्ती मृत फेला परेको छ । उदयपुरको बेलका नगरपालिका– ८ सिसौली टप्पुस्थित जंगलमा हात्ती मृत फेला परेको हो ।
डिभिजन वन कार्यालय गाईघाटका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले गए राति नै स्थानीयहरुले हात्ती मृत अवस्थामा फेला परेको जानकारी दिएको बताए ।
जंगली हात्ती मृत फेला परेपछि डिभिजन वन कार्यालय गाईघाटको टोली, भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु डाक्टर सहित कोशी टप्पु बन्य जन्तु आरक्षका प्रतिनिधिहरु सहित पोस्टमार्टममा पुगेका हो ।