Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • करोडौँको राजस्व चुहावट गर्नेविरुद्ध मुद्दा


    आइतबार, भाद्र १९ २०७९
    630
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । श्री जय दुर्गा ट्रेडर्सका तीन सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा परेको छ । सो कम्पनीमार्फत भ्याट र आयकर छली गरेको आरोप लगाउँदै राजस्व अनुसन्धान विभागले उनीहरुविरुद्ध अदालत मुद्दा दायर गरेको हो । 

    मुद्दा दायर हुनेमा भारत घर भई हाल काठमाडौँको बसुन्धारा बस्ने धिरज कुमार जयसवाल, सुमन कुमार श्रेष्ठ र राहुल कुमार जयसवाल रहेका छन् । 

    राजस्व चुहावट गर्ने मनसायले नै जालसाजीयुक्त, नक्कली भ्याटबिल खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाउने गरेको विभागले जनाएको छ । 

    भ्याट र आयकर गरी कुल ५ करोड ४६ लाख ५१ हजार भन्दा बढी रुपैयाँ राजस्व चुहावट गरेको दाबी गर्दै विभागले उनीहरुसँगै त्यसको दोब्बर रुपैयाँ बराबर जरिवाना सजाय मागदाबी गरेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार