Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लमजुङमा १६ हजार बालबालिकाले लगाए कोरोनाविरुद्धको खोप 


    आइतबार, भाद्र १९ २०७९
    605
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। लमजुङमा पाँचदेखि ११ वर्षसम्मका १६ हजारभन्दा बढी बालबालिकालाई कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा यहीँ भदौ ७ गतेदेखि १२ गते पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने अभियान सञ्चालन भएको थियो ।

    यस अभियानअन्तर्गत आठ वटै स्थानीय तहका पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका १६ हजार पाँच सय २६ बालवालिकालाई कोरोनाविरुद्ध फाइजर खोपको पहिलो मात्रा लगाइएको जिल्ला स्वास्थ्य कार्यालय लमजुङका कोभिड खोप सम्पर्क व्यक्ति यम बरालले जानकारी दिए। 

    खोप अभियानन्तर्गत ७ गतेदेखि १० गतेसम्म विद्यालयमा खोप केन्द्र राखि खोप लगाइएको थियो भने ११ र १२ गते विद्यालय बाहिर रहेका तथा खोप लगाउन छुटेका बाललबालिकालाई वडावडामा रहेको स्वास्थ्य सस्थामार्फत खोप सेवा प्रदान गरिएको थियो ।

    स्वास्थ्य कार्यालयले अभियानमा पाँच वर्षदेखि ११ वर्ष तथा १२ वर्ष उमेर नपुगेका १९ हजार तीन सय ३९ जनालाई फाइजर खोप लगाउन लक्ष्य लिएको थियो । जसमध्ये ८६ प्रतिशत बालवालिकालाई खोप लगाइएको कार्यालयले जनाएको छ ।

    दोस्रो मात्रा खोप लगाएको तीन महिला पुगेका बालबालिकालाई मात्र बुस्टर मात्रा खोप दिइने भएकाले खोप लगाउन जाँदा खोप कार्ड अनिवार्य लिएको जान बेसीशहर नगरपालिका स्वास्थ्य शाखाले आग्रह गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार