Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • किन हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो ?


    आइतबार, भाद्र १९ २०७९
    550
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं। हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने समय अझै लम्बिएको छ। बैंकको ऋणपत्र पहिलो चरणको निर्धारित समयमा बिक्री नभएपछि उक्त समय लम्बिएर २९ भदौसम्म पुर्‍याइएको छ । बैंकले १५ भदौबाट १ हजार रुपैयाँ दरमा २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख युनिट ऋणपत्र बिक्री खुला गरेको थियो । 

    यसमध्ये १५ लाख युनिट ऋणपत्र व्यक्तिगत तवरबाट तथा बाँकी १० लाख युनिट सर्वसाधारणका लागि खुला गरिएको थियो । यसबाट सामूहिक लगानी कोषलाई पनि ५प्रतिशत छुट्याएको छ । सामूहिक लागानी कोषहरुले कुल ५० हजार इकाई पाउनेछन् । 

    यसमा न्यूनतम २५ इकाइदेखि अधिकतम २ लाख ५० हजार इकाइसम्म आवेदन दिन सकिनेछ । बैंकले ७ वर्ष अवधिको ‘हिमालयन बैंक वन्ड २०८६’ नाममा ऋणपत्र जारी गरेको हो ।

    त्यस्तै, यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्नेछ । यसमा सी–आस्वामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार