Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु 


    आइतबार, भाद्र १९ २०७९
    485
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु  भएको छ। 

    जिल्लाको बिजयनगर गाँउपालिका–७ जुगनियामा हिजो बेलुकी गुडिरहेको मोटरसाइकलबाट खसेर एक जना ३५ बर्षीय पुरुषको मृत्यु भएको  हो । 

    मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार काठमाडौं घर भई हाल कृष्णनगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी राम सेवन थारु रहेका छन् । 

    भारतिय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु हिजो बेलुकी ७ बजे अचानक खसेका थिए । 

    मोटरसाइकलबाट खसेर घाइते भएका थारुको उपचारको क्रममा बहादुरगन्ज स्थित शिवराज अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको हो । चालकलाई ईलाका प्रहरी कार्यालय गणेशपुरले नियन्त्रणमा लिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार