Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज झण्डै दुई सय ६ संक्रमित, तीन जना मृत्यु 


    शुक्रबार, भाद्र १७ २०७९
    710
    Shares
  • १ मिनेट पाठ
  • पछिल्लो २४ घण्टामा देशभर दुई सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  २८ सय ६९ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ सय ९५ जनाको पिसीआर परीक्षणमा एक सय ३४ र १२ सय ७४ जनाको एन्टिजेन परीक्षण गर्दा ७२ जना संक्रमित थपिएका हुन् । योसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या २८ सय ९१ पुगेको छ ।

    सो अवधिमा तीन सय ९८ जना संक्रमित निको भएका छन् । आजै कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । योसँगै देशभर १२ हजार पाँच जनाको ज्यान गएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार