Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दशैंसम्मको समय दिएर अनधिकृत संरचना हटाउदै ललितपुर महानगर


    शुक्रबार, भाद्र १७ २०७९
    1.5K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । फुटपाथ मिचेर, नक्सा पास विपरीत बनाइएका अनधिकृत संरचना दशैंसम्म हटाउन ललितपुर महानगरपालिकाले निर्देशन दिएको छ ।

    शुक्रबार महानगरले ललितपुरको लगनखेलमा रहेको महानगरकै भवनमा रहेको एक होटलले नियम विपरीत बनाएको संरचना हटाएको हो । 

    महानगरपालिकाले घर–घरमा गएर माइकिङ गर्दै अनधिकृत संरचना हटाउन चेतवानी दिएको छ। 

    ललितपुर महानगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार अहिले नै महानगरभित्र डोजर लगाउने अवस्था नरहेको र टो–टोलमा गएर अनधिकृत रुपमा निर्माण भएका संरचनाहरु दशैंसम्म हटाउन माईकिङ गरेको हो । ‘हाम्रो महानगरमा ठुला मलहरु धेरै छैनन्, अनधिकृत संरचनाहरु, निर्माण भएको, फुटपाथ ओगटेको संरचना पनि धेरै छैनन् । केही छन भने दशैंैसम्म हटाउन निर्देशन दिएका छौं, मानेनन् भने हाम्रो नगर प्रहरी गएर हटाउँछ,’ हाछेथुले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार