Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्र बैंकले माग्यो कर्मचारी


    शुक्रबार, भाद्र १७ २०७९
    640
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल राष्ट्र बैंकले भारी संख्यामा कर्मचारी माग गरेको छ । राष्ट्र बैंकको जनशक्ति व्यवस्था विभागले एक सूचना जारी गर्दै झन्डै ४ दर्जन कर्मचारी माग गरेको हो । 

    सूचनाअनुसार प्रशासनतर्फ सहायक निर्देशक (अधिकृत तृतीय), प्राविधिकतर्फ सहायक निर्देशक (अधिकृत तृतीय) र प्रशासनतर्फ सहायक (सहायक द्वितीय) पदका लागि कर्मचारी माग गरेको हो । बैंकले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागेको जनाएको छ । 

    प्रशासनतर्फको सहायक निर्देशकमा १८, प्राविधिकतर्फको सहायक निर्देशकमा एकजना र सहायकमा २४ जना गरी कुल ४३ जनाका लागि दरखास्त खुलाइएको छ । इच्छुक उम्मेदवारले अनलाइनमार्फत दरखास्त पेस गर्नुपर्नेछ । दरखास्त पेस गर्ने अन्तिम मिति ६ असोजसम्म तोकिएको छ । दोब्बर दस्तुर तिरी १३ असोजसम्म दरखास्त पेस गर्न सकिनेछ ।
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार