Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यक्ष प्रचण्डले भने- एमालेसँग तत्काल सहकार्य हुँदैन 


    शुक्रबार, भाद्र १७ २०७९
    660
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको पुष्टि गरेका छन्। सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको काम सहमती नजिक पुगेको भन्दै उनले तत्कालका लागि एमालेसँग कुनै पनि प्रकारको सहकार्य नगर्ने बताए। 
        
    पार्टीको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्न शुक्रबार सुर्खेत आइपुगेका प्रचण्डले यस्तो बताएका हुन्। सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको भेटमा प्रचण्डले भने,‘हामी गठबन्धनभित्रै सहमतीको प्रयासमा छौं, सिट बाँडफाँडको काम अन्तिम चरणमा पुगेको छ। सिटको संख्या र निर्वाचन क्षेत्रबारे पनि टुंगो लाग्दैछ, निर्वाचनमा वर्तमान गठबन्धन नै एक भएर जान्छ।’
        
    आउँदो प्रतिनिधिसभाको निर्वाचनमा आफू चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बन्ने पनि प्रचण्डले जानकारी दिए। एमाले नेता रामबहादुर थापा (बादल) सँग आफ्नो कुनै तुलना नहुने भन्दै उनले चितवन ३ बाटै चुनाव लड्ने बताए।
        
    उनले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको भन्दै चाँडै दुई दल एक हुने दाबी गरे। कर्णाली प्रदेश माओवादीको आधार क्षेत्र भएको र पार्टीको उपस्थिति पनि बलियो भएकाले कर्णालीमा माओवादीको सरकार बनाउने गरी प्रदेशको सिट बाँडफाँडको प्रयास भइरहेको प्रचण्डको भनाइ छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार