Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री कृषि परियोजनाले करार कर्मचारी माग्यो


    बिहिबार, भाद्र १६ २०७९
    815
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइले ठुलो संख्यामा करार कर्मचारी मागेको छ । परियोजना एकाइले आज सूचनामार्फत कृषि प्राविधिक कर्मचारी छनौट सम्बन्धी कार्यविधि २०७८ बमोजिम एक सय ५२ करार कर्मचारी माग गरिएकाले आवेदन दिन भनेको हो । 

    जसमा कृषि अधिकृत ३६, पशु विकास अधिकृत ७, नायब प्राविधिक सहायक ८२ र नायब पशु सेवा प्राविधिक २७ जना मागिएको छ । एकाइको सूचना अनुसार इच्छुक उम्मेदवारले असोज ६ गतेसम्ममा आवेदन दिई सक्नुपर्ने छ । 

    एकाइले आवेदन दिने अन्तिम दिन सार्वजनिक बिदा परेमा भोलिपल्ट आवेदन दिन आग्रह गरेको छ । कर्मचारीको माग संख्या थपघट भएमा संशोधित विवरण वेभसाइट राखिने सूचनामा उल्लेख छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार