Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुनसरीको चतरा नहरमा डुबेर दुई जनाको मृत्यु


    बिहिबार, भाद्र १६ २०७९
    775
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। सुनसरीमा डुबेर २ जनाको ज्यान गएको छ। जिल्लाको बराहक्षेत्र नगरपालिका–३ खोरिया बस्ने एकै परिवारका दुई जनाको डुबेर ज्यान गएको छ ।

    चतरा नहरमा डुबेर बिहीबार पञ्चमी व्रतका लागि भनेर नुहाउन नहरमा पसेका चार जनामध्ये १४ वर्षीया सलिना खड्का र ३६ वर्षीया शोभा खड्काको मृत्यु भएको हो। 

    उनीहरूसँगै नुहाउन पसेका २३ वर्षीया सोनु खड्का र १४ वर्षीया इशा खड्का भने सकुशल रहेका छन् ।

    प्रहरीका अनुसार बराहक्षेत्रको बीचपानी भएर जाने सुनसरी मोरङ सिंचाइ आयोजनाको चतरा नहरमा सलिनालाई डुबेको स्थानदेखि तीनकिलोमिटर दक्षिण मृत अवस्थामा फेला परेकी थिइन् भने शोभालाई उद्धार गरेर धरानको विजयपुर अस्पतालमा भर्ना गरिएको थियो ।

    उनको आईसीयूमा राखेर उपचारकै क्रममा ज्यान गएको हो । घटना बारे थप अनुसन्धान भइरहेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार