Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध


    बिहिबार, भाद्र १६ २०७९
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पर्वत  ।  पहिरोका कारण  मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । पर्वतको मोदी गाउँपालिका-५ अम्बोट नजिक भ्यापलेमा पहिरो खसेर मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको हो । लगातार तीन दिनदेखिको  वर्षाका कारण बाटो माथिबाट खसेको पहिरोले आज बिहानदेखि लोकमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालका प्रहरी कार्यालयले जनाएको छ । वर्षा नरोकिएकाले माथिबाट लेदो माटो झरिरहेको  हुँदा सडक खुलाउन मुस्किल भएको प्रहरीले जनाएको छ । 

    पहिरो पन्छाउन डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको र पानी पर्न छाडेपछि पहिरो हटाइने प्रहरीले जाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार