Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  फनपार्कलाई बालेन शाहले दिए २४ घण्टे अल्टिमेटम


    बुधबार, भाद्र १५ २०७९
    1.2K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौँको भृकुटीमण्डपमा रहेको काठमाडौँ फनपार्कलाई महानगरपालिकाले २४ घण्टे अल्टिमेटम दिएको छ ।

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को निर्देशनमा फनपार्कलाई विभागीय प्रमुख डा शिवराज अधिकारीले २४ घण्टे पत्र काटेका हुन् ।

    महानगरपालिकाले भृकुटीमण्डपस्थित फनपार्कलाई तिर्न बाँकी रहेको कर आगामी २४ घन्टाभित्र बुझाउन निर्देशन समेत दिएको छ।

    वर्षौदेखि महानगरलाई बुझाउनुपर्ने व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर तिर्न बाँकी रहेकाले पत्र पाएको मितिले २४ घण्टाभित्र जरिवानासहित दाखिला गर्न चेतवानी दिएको छ। 302059091_5374617039311801_23188033418723836_n.png
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार