Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फुटबलर किरण विवाह बन्धनमा बाँधिए 


    बुधबार, भाद्र १५ २०७९
    690
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान किरण चेम्जोङ विवाह बन्धनमा बाँधिएका छन् । उनले प्रेमिका कन्चन सिटौलासँग लगनगाठो कसेका हुन् ।

    यसअघि माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको स्थानमा प्रेमिका निरौलालाई प्रेम प्रस्ताव राखेका थिए । 

    कन्चनले किरणको प्रेम प्रस्ताव स्वीकार गरेकी थिइन् । एयर होस्टेज रहेकी कन्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहेका थिए । 

    उनीहरुको बालुवाटारस्थित एक ब्याङकेटमा विवाह भइरहेको छ । उनीहरुले सोमबार हल्ली मेहेन्दीको कार्यक्रम गरेका थिए । पूर्वकप्तान चेम्जोङ शेरबानीमा सजिएका छन् ।

    kiran-chemjok-kanchan-niraula.jpg
    undefined

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार