Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पल शाहविरुद्धको मुद्दा तनहुँ जिल्ला अदालतमा सुनुवाइ हुने 


    बुधबार, भाद्र १५ २०७९
    960
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । नाबालिकलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दा जिल्ला अदालत तनहुँमा सुनुवाइ सुरु भएको छ ।

    शाह बलात्कार अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागारमा छन् । नाबालिकामाथि जबर्जस्ती करणी गरेको भन्दै फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । फागुन १५ गते शाहले प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

    उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि बलात्कारको अर्को मुद्दा छ । अभिनेता शाहका कानुन व्यावसायी अधिवक्ता कमला मोहन वाग्लेकाअनुसार नवलपुर अदालतले २१ भदौका लागि पेशी तोकेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार