Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रौतहटमा चट्याङ लाग्दा तीन जनाको निधन


    मंगलबार, भाद्र १४ २०७९
    710
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • रौतहट । रौतहटको गरुडा नगरपालिकामा चट्याङ परेको छ । मंगलबार बिहान परेको चट्याङले लागेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना नै महिला छन् ।

    मलाहिटोल छेउमा परेको चट्याङले खेतमा काम गरिरहेका ७० बर्षीया बृद्धा जगिया कुमारी, ३९ बर्षीया सुदनिया देवी र १८ बर्षीया मनिषाकुमारीको मृत्यु भएको हो ।

    इलाका प्रहरी कार्यालय गरुडाका अनुसार मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारका हुन् । 

    चट्याङ लागेर ४० वर्षीया सैलिदेवी सामान्य घाइते भएकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार