Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तीजले सामाजिक,सांस्कृतिक एकतालाई सुमधुर बनाउँछः राष्ट्रपति 


    मंगलबार, भाद्र १४ २०७९
    525
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले तीजले सामाजिक,सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

    नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यसपर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गरेको बताएकी हुन् । 

    नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिनेमा जोड गरेकी छन् ।

    ‘महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु’, आफ्नो शुभकामना सन्देशमा राष्ट्रपतिले भनेकी छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार