काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर थप २२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
४ हजार ११ को परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। १५२५ जनाको पिसिआर परीक्षण गर्दा १४५ र २४८६ जनाको परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै, २२३ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज समेत भएका छन्।
सोमबार कोरोना संक्रमणबाट कसैको मृत्यु भने भएको छैन। हाल देशभर ३२३५ जना सक्रिय संक्रमित छन्।