Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  अदालतले माग्यो मेयर बालेनसँग लिखित जवाफ


    सोमबार, भाद्र १३ २०७९
    825
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरूद्ध परेको अदालतको अपहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।

    बालेनविरूद्ध परेको रिटको सोमबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको इजलासले बालेनसँग लिखित जवाफ मागेको हो। 

    अधिवक्ता दिपकराज जोशीले बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका थिए।

    उक्त मुद्दामा काठमाडौं महानगरपालिकाका प्रमुख शाहलाई ३ दिनभित्र जवाफ दिन अदालतले निर्देशन दिएको छ।

    मेयर बालेनले संविधान संशोधन गरेर नक्सा पास गर्ने अधिकार अदालतलाई दिउँ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेको र त्यसले अदालतको अवहेलना गरेको जोशीको आरोप छ। 

    काठमाडौं महानगरले नर्भिक अस्पतालले भाडामा लिएको सरकारी भुमिमा बनाएको संरचना हटाउन खोजेको थियो। नर्भिकले अदालतमा मुद्दा हालेपछि तत्काल ती संरचना नहटाउन अदालतले आदेश दिएपछि बालेनले नक्सा पासको काम पनि अदालतलाई दिनुपर्ने भन्दै फेसबुकमा स्टाटस लेखेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार