Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारले चुनावका लागि १ लाखभन्दा बढी म्यादी प्रहरी धमाधम भर्ना गर्दै


    सोमबार, भाद्र १३ २०७९
    880
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल सरकारले आगामी ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको लागि धमाधम म्यादी प्रहरीको भर्ना सुरु गर्ने भएको छ। सरकारले एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्ने भएको हो। 

    आगामी निर्वाचनको लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खोल्न अर्थ मन्त्रालयले स्वीकृति दिएको गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव फणिन्द्रमणि पोखरेलले जानकारी दिए। 

    अर्थले स्‍वीकृति दिएसँगै भर्ना खोल्ने तथा छनोटको प्रक्रिया अगाडि बढाइने उनले बताए।

    म्यादी प्रहरी कम्तीमा पनि ४० दिनको लागि भर्ना खुल्नेछ।

    अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै चरणमा हुन लागेको भन्दै नेपाल प्रहरीले म्यादी प्रहरीको संख्या बढाउनुपर्ने बताएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार