Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेयर बजारमा झिनो अंकको सुधार 


    सोमबार, भाद्र १३ २०७९
    610
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ। साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । परिसूचक नेप्से ३.७६ अंक बढेर १९९३ अंकमा चढ्न सफल भएको छ । हिजोको तुलनामा २ अर्ब बढीको कारोबार भएकोमा आज १ अर्ब २६ करोडमा खुम्चिएको छ । बजारको कुल पुँजीकरण २८ खर्ब ५६ अर्ब कायम भएको छ ।

    कुल १११ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो भने ४ को स्थिर रह्यो । बैंकिङ ०.१५ अंक घट्यो भने माइक्रोफाइनान्स उपसमूह ३ अंक घट्यो । विकास बैंक २८, फाइनान्स ३१, होटल तथा पर्यटन ३५, जलविद्युत् ६, जीवन बीमा ४३, उत्पादन ४०, निर्जीवन बीमा ७, अन्य ६ र ब्यापार उपसमूह १७ अंक बढे ।

    विन नेपाल लघुवित्तको मूल्य ७.४ प्रतिशत बढ्यो । रिलायन्स फाइनान्सको ६.६ प्रतिशत तथा मैलुङखोलाको ५.८ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, अरुण काबेली, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र राधि पावरले आज धेरै रकम कारोबार गरेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार