काठमाडौँ। दाङमा पहिरोले तुलसीपुरबाट सल्यान जाने/आउने सडकखण्ड अवरुद्ध भएको छ।
जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ सात तलेमा गएराती भारी वर्षाका कारण खसेको पहिरोले आवागमन अवरुद्ध भएको हो।
गएराती सवा ११ बजे पहिरो खस्दा तुलसीपुरबाट सल्यानतर्फ जाने र आउने सवारी साधनको आवागमन पुन: रोकिएको हो । सडक अवरुद्ध हुँदा सवारीसाधनहरुको जाम लागेको छ।
अहिले दुई ओटा जेसिबीले पहिरो हटाउने कार्य भइरहेको दाङ प्रहरीले जनाएको छ ।