Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्र बैंकले ३ अर्ब १३ करोडको ट्रेजरी रिन्यू गर्दै 


    सोमबार, भाद्र १३ २०७९
    430
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेपाल राष्ट्र बैंकले ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी मंगलबार रिन्यू (नवीकरण) गर्ने भएको छ ।  केन्द्रीय बैंकले ९१ दिनका लागि ट्रेजरी जारी गर्दै यसअघिको ट्रेजरी बिलको नवीकरण गर्ने भएको हो  । 

    यस ट्रेजरी बिलको आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । यसअघि बैंकले भदौ ६ गते चार किसिमका ट्रेजरी गरी कुल १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी जारी गरेको थियो । जसमध्ये २० प्रतिशत मात्र ट्रेजरी रिन्यू गरी बाँकी ट्रेजरी बैंकले आफैले खरिद गरेको थियो ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार