Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मोटरसाइकल दुर्घटनाः सैनिकको मृत्यु, दुई घाइते 


    आइतबार, भाद्र १२ २०७९
    735
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  हेटौँडामा मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गएको छ । मोटरसाइकल दुर्घटनामा परी नेपाली सेना राजदल गण खैरहनीटार तनहुँमा कार्यरत २५ वर्षीया श्रृजना विकको मृत्यु भएको हो ।

    पूर्व–पश्चिम सडकखण्डको हेटौँडा–९ मा हेटौँडाबाट बारातर्फ जाँदै गरेको ग २२प ६१३ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको ना ४ ख ९६०३ नम्बरको ट्रकलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई ट्रकमा ठोकिएर दुर्घटना हुँदा बाइकमा सवार विक गम्भीर घाइते भएकी थिइन् ।

    घाइते विकको उपचारको क्रममा हेटौँडा अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ । मृत्यु भएकी विकका श्रीमान् २९ वर्षीय आदर्श विकको भने हातमा सामान्य चोट लागेको छ ।

    विककै ५ वर्षीय छोरा आशिक विकको पनि टाउकोमा सामान्य चोट लागेको छ । प्रहरीका अनुसार घाइते आदर्श र आशिकको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार