काठमाडौँ। दाङमा एक जना १७ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बबई गाउँपालिका–५ हुरुम बस्ने २१ वर्षीय एक्क बहादुर अधिकारी रहेका छन्। अधिकारीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
अधिकारीले ती किशोरीलाई ललाई फकाई बलात्कार गरेको भन्ने सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।