Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  उपत्यकामा एकैदिन २९ सय ५९ सवारी चालकमाथि कारवाही 


    आइतबार, भाद्र १२ २०७९
    790
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९५९ जना सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । 

    ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिबार उपत्यकाको विभिन्न स्थानमा उनीहमाथि कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    कारवाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २४२ जना, फुटपाथमा पार्किङ गर्ने २१५ जना, अनावश्यक हर्नको बजाउने २०९ जना, तीव्र गतिमा सवारी साधन चलाउने १९३ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ९१ जना सवारी चालक रहेका छन् । 

    साथै ढोका खुल्लै राखेर सवारी चलाउने ८३ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना, लेन उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३० जना चालकलाई पनि करावाही गरिएको कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार