काठमाडौँ । भारी वर्षाका कारण काठमाडौँ उपत्यकाका नदीरखोलामा पानीको सतह बढेको छ । विष्णुमती नदी जलाधारको जितपुर र आसपास तथा बल्खु नदीमा पानीको सतह बढेको हो । उक्त जलाधार क्षेत्रमा अहिले वर्षा भईरहेको छ ।
अहिले विष्णुमतीमा जल सतह सतर्कता तह आसपास पुगेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । विष्णुमती र बल्खु नदीको पानी किनारको सडक र बस्तीमा पस्न सक्ने अनुमान गरिएको छ ।
उक्त नदी किनारको सडक भएर यात्रा गर्दा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।