Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • देशभर आज वर्षाको सम्भावना 


    आइतबार, भाद्र १२ २०७९
    480
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज देशैभरि वर्षा हुने सम्भावना रहेको छ । अहिले देशका धेरैजसो स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहने छ। बागमती,गण्डकी र सुदूरपश्चिम प्रदेशका  धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    राती  गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा सोमबार समेत भारी वर्षा हुने महाशाखाले जनाएको छ । 

    महाशाखाले मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने भएकाले पहाडी भू/भागमा भूरक्षय, पहिरोको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार