काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकाले अतवारी पर्वको अवसरमा आगामी आइतबार सार्वजनिक बिदा दिने भएको छ । प्रदेश सरकारले थारु समुदायले मनाउने सो पर्वमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
हिजो बसेको मन्त्रिपरिषद बैठकले यसअघि १९ गते बिदा दिने भनेको निर्णयलाई अघि सारेर १२ गते दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयका कानुन अधिकृत विष्णु दत्त अवस्थीले जानकारी दिए । उनले दुवै जिल्लाका सरकारी कार्यालय र सार्वजनिक निकायमा आगामी आइतबार बिदा दिएको बताए ।
थारु समुदायका पुरुषले आफ्नो दिदीबहिनीको लागि यो पर्वमा व्रत बस्ने चलन छ । उनीहरुले आफ्ना दिदीबहिनीको अटल सौभाग्यको कामना गर्दै पानी समेत नखाएर यो पर्व मनाउछन् ।