Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बँदेलको आक्रमणबाट सुर्खेतमा एक जनाको मृत्यु


    शुक्रबार, भाद्र १० २०७९
    800
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुर्खेतमा जंगली बँदेलले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । चौकुने गाउँपालिकामा बँदेलको आक्रमणबाट १९ वर्षीय बिक्रम कठायतको मृत्यु भएको हो । 

    उनीसहित २५ वर्षीय बम बहादुर कठायत र बिर्ख बहादुर बुढा खसी खोज्नका लागि हिँडेकोमा दानीगौडास्थित जंगलमा कठायत शौच गर्न जान्छु भनी जंगलतिर गएको अवस्थामा जंगली बँदेलले आक्रमण गरेको स्थानीयले बताएका छन् । 

    उनी कराएको आवाज आएपछि साथमा गएका दुई जना जंगलतिर गएर हेर्दा बँदेलले आक्रमण गरेको अवस्थामा भेटिएका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार