काठमाडौँ । कुमारी आमा निहारिका राजपुतलाई मधेश प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णय अनुसार निहारीकालाई पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।
न्यायका लागि संघर्ष गरिरहेकी उनलाई कानूनी लडाईंका लागि आर्थिक सहयोग दिन लागिएको अर्थमन्त्री शैलेन्द्र साहले बताएका छन् । मन्त्री साहले निहारिकालाई मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको सिफारिसमा सो सहयोग गरिएको जानकारी दिए ।
निहारिकाले आफ्नो बलात्कारपछि बच्चा जन्मिएको भन्दै आरोपी र बच्चाको डीएनए टेष्ट गर्न माग गर्दै आएकी छन् ।