काठमाडौँ । भिजिट भिसामा विदेश जान लागेका ६४ जनालाई प्रहरीले विमानस्थलबाट फर्काएको छ । विभिन्न उड्डानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आज भिजिट भिसामा विदेश जान लागेका उनीहरुलाई प्रहरीले घर फर्काएको हो ।
जसमा जजिरा एयरको उड्डानबाट कुवेत जाने २३ जना, हिमालय एयरबाट दुबई जान २३ जना र एयर अरेबिया उड्डानबाट भिजिट भिसामा विदेश लागेका १८ जना रहेका छन् ।
विमानस्थलमा आवश्यक कागजपत्र चेकजाँच गर्ने क्रममा हुनुपर्ने कागजात उनीहरुको साथमा नभएकोले एयरलाइन्सले समेत चेकईन नगरि फिर्ता गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुमाथि थप अनुसन्धान भईरहेको छ ।