काठमाडाैं। नेकपा एमालेका अध्यक्ष अर्थात् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बधी समस्या समाधान गर्नका लागि नयाँ ऐन निर्माण गरिनुपर्ने बताएका छन् । नेपालको संविधानमा नागरिकता सम्बन्धमा गरिएको व्यवस्था कार्यान्वन गर्न संशोधनमात्र पर्याप्त नभएको भन्दै उनले संसद्बाट नयाँ ऐन नै बनाउनु पर्ने मन्तव्य व्यक्त गरेका छन्।
शुक्रवारदेखि काठमाडौंमा शुरू भएको एमाले केन्द्रीय कमिटी बैठकमा ओलीले पेश गरेको प्रतिवेदनमा नागरिकता विधेयकमा पार्टीको दृष्टिकोण स्पष्ट पार्दै ‘नयाँ ऐन जारी गर्दा विगतमा संसद्मा प्रस्तुत गरिएको नागरिकता विधेयक र सम्बन्धित समितिमा भएका छलफल र निष्कर्षलाई आधार बनाइनुपर्ने’ उल्लेख गरेका छन् ।
जन्मका आधारमा नागरिकता पाएका वा जन्मसिद्ध नागरिकका सन्ताले बिना व्यवधान तत्काल नागरिकता पाउनुपर्ने एमालेको धारणा छ । त्यस्तै, गैर आवासीय नेपालीहरूलाई संविधानको भावना बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गरिनुपर्ने ओलीले उल्लेख गरेका छन् ।
वैवाहिक अंगीकृतहरूको हकमा निश्चित समयका अन्तरालपछि मात्रै नागरिकता पाउने र त्यस अवधिसम्म निजलाई बसोबासका लागि परिचय पत्र वितरण गर्ने र व्यवसायलगायत कामका लागि सहज तुल्याइनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend