Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लघु बीमा कम्पनीको लाइसेन्स खुला, ३३ आवेदन खारेज


    शुक्रबार, भाद्र १० २०७९
    905
    Shares
  • २ मिनेट पाठ
  • कठमाडौँ। बीमा समितिले लघु बीमा कम्पनीको लाइसेन्स खुला गर्ने निर्णय गरेको छ। यस निर्णयसँगै ३३ आवेदन पनि खारेज भएका छन् । लघुबीमा कम्पनी संचालन गर्नको लागि यसअघि नै आवेदन दिएका ३३ कम्पनीको आवेदन खारेज भएको हो ।

    समितिले जारी गरेको सूचनामा यसअघि दर्ता भएका आवेदन रद्द भएको उल्लेख गरिएको छ । ‘समितिमा यसअघि दर्ता भएका प्रस्तावहरू यसै सूचनाद्वारा रद्द गरिएको छ । उक्त प्रस्तावकहरुले प्रस्ताव पेश गर्न चाहेमा यसै सूचना बमोजिम गर्नुपर्नेछ,’ समितिको सूचनामा उल्लेख छ ।

    नयाँ प्रक्रियाबाट लाइसेन्स दिन लागिएकोले सबैलाई समान व्यवहार गर्न यसअघिका प्रस्ताव रद्द गर्ने निर्णय भएको हो। 

    समितिले नयाँ कम्पनी छनोट गरिसकेपछि लघुबीमा कम्पनीले गर्ने कारोबारको सीमा लगायतका प्रबन्ध गरिने समितका अध्यक्ष सिलवालले जानकारी दिए । समितिले जीवन र निर्जीवन दुबै व्यवसायतर्फ लघुबीमाको लाइसेन्स दिने निर्णय गरेसँगै आफूहरुको व्यवसाय खोसिने डलर अहिलेका कम्पनीहरुले गरेका छन् । तर, नयाँ कम्पनीले नयाँ क्षेत्रमा व्यवसाय गर्ने भएकोले पुराना कम्पनीहरुले चिन्ता गरिरहन नपर्ने छ ।

    नयाँ कम्पनी स्थापनाको लागि समितिले विभिन्न शर्तहरु तोकेको छ । समितिले आज (भदौ १० गते) सार्वजनिक सुचना प्रकाशित गर्दै ३५ दिनभित्रमा सिलबन्दी प्रस्ताव पेश गर्न कम्पनी दर्ता गर्न इच्छुकसँग प्रस्ताव मागेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार