काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो टी–२० आईमा केन्याविरुद्ध पहिलो बलिङ गर्ने भएको छ। नैरोबीस्थित जिमखाना क्लब ग्राउन्डमा नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन्।
नेपाली टोलीमा आज १ खेलाडी परिवर्तन भएका छन्। मुख्य प्रशिक्षक मनोज प्रभाकरले केन्याविरुद्धको दोस्रो खेलमा विवेक यादवको स्थानमा बसिर अहमदलाई मौका दिएका छन्।
बिहीबार भएको खेलमा नेपालले केन्यामाथि ५ विकेटको सहज जित निकालेको थियो। ५ खेलको सिरिजमा नेपाल १–० ले अघि रहेको छ।