Nepal Face
  • शनिबार, ९ साउन २०८३
  •  नेपाल–भारतको दशगजा क्षेत्रबाट ६० बोरा चिनी बरामद


    शुक्रबार, भाद्र १० २०७९
    440
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। आज बिहान महोत्तरी जिल्लाको सम्सी गाउँपालिकास्थित नेपाल र भारतको दशगजा क्षेत्रबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ६० बोरा चिनी बरामद गरेको छ ।

    जिल्लाको सम्सी गाउँपालिका–६ स्थित चाँदनी चोकभन्दा पाँच सय मिटर दक्षिण नेपाल र भारतको दशगजा क्षेत्रमा नेपालतर्फ बेवारिसे अवस्थामा ६० बोरा चिनी प्रहरीले बरामद गरेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए। 

    रातिको मौका छोपी भारतबाट नेपाल भित्र्याउनका लागि दशगजा क्षेत्रमा जम्मा गरेको ६० वटा बोरामा ३० क्विन्टल चिनी तस्करले गन्तव्यमापुर्याउन सफल हुन नसक्दा आज बिहान सीमा सुरक्षा गस्तीमा गएका संयुक्त प्रहरी टोलीले उक्त चिनी बरामद गर्न सफल भएको प्रहरीको भनाइ थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार