Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राहदानी विभागमा डोजर लिएर पुग्यो महानगरको टोली


    शुक्रबार, भाद्र १० २०७९
    830
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अनधिकृत संरचना हटाउने अभियानलाई कायम राख्दै महागरपालिकाको टोली त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेको छ । विभागमा रहेका अवैध संरचना हटाउन महानगरको टोली त्यहाँ पुगेको हो ।

    महानगरले अनाधिकृत संरचना भत्काउन ३५ दिने सूचना जारी गरेको थियो। तर, कार्यान्वयन नभएपछि महानगर एक्सनमा उत्रिएको हो। 

    यसअघि बिहीबार नयाँ बानेश्वरस्थित अल्फाबिटाले अनधिकृतरूपमा बनाएको संरचना महानगरपालिकाले भत्काएको थियो। 

    नक्सा पास भए बमोजिम अन्डरग्राउण्डमा पार्किङ प्रयोजनमा आए नआएको अनुगमन गर्न महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेसहितको टोली विभाग पुगेको हो । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार