काठमाडाैं। ‘मिस युनिभर्स नेपाल-२०२२’ को उपाधि सोफिया भुजेलले हात परेकी छन्
काठमाडौंमा बिहीबार आयोजना भएको कार्यक्रममा २० जना प्रतिस्पर्धीलाई पछि पार्दै सोफियाले ‘मिस युनिभर्स नेपाल’को उपाधि जितेकी हुन्। उनले १० लाख नगदसहित हिराजडित ताज लगाउन सफल भएकी छन् । उनलाई गत बर्ष सन् २०२१ की मिस युनिभर्स सुजिता बस्नेतले ताज लगाइदिएकी थिइन्।
मङ्ग क्रियसनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताका विजेता भुजेलले अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।
यस कार्यक्रममा विपना अधिकारी फर्स्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए।