सेमिनारको नाममा अभिभावक र विद्यार्थीमाथि दुर्व्यवहार
शुक्रबार, भाद्र १० २०७९
775
Shares
१ मिनेट पाठ
775
सेयर
काठमाडौँ। मेमोरी एण्ड माइण्ड पावर सेमिनारमा आमन्त्रित गरिएको विद्यालयका अभिभावक र विद्यार्थीमाथि दुर्व्यवहार भएको छ ।
बर्दिबास युवा संजालको आयोजनामा भएको उक्त सेमिनारमा फ्लोरेन्स एकेडेमीमा अभिभावक र विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको आरोप आएको हो।
बर्दिबासको गौतम होटलमा भएकाे सेमिनारमा आयोजकको अनुरोधअनुसार उक्त विद्यालयका विद्यार्थी र अभिभावक बिहीबार सहभागी हुन गएको बेला दुर्व्यवहार भएको विद्यालयका प्रधानध्यापक सन्तोष बानियाले जानकारी दिए ।
६ भदौदेखि संचालनरत उक्त सेमिनार शुक्रबारसम्म चल्नेछ ।