काठमाडौँ । अमेरिकाको ग्रीन कार्डको प्रलोभन देखाएर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले संखुवासभाका परबिन राई, नवलपरासीका ओमकार गुप्ता र इलामका सञ्जय तामाङलाई पक्राउ गरेका हो ।
उनीहरुले प्रेसिडेन्टल इमिग्रेसनको नाममा कार्यालय खोलेर ग्रीन कार्डको प्रलोभन देखाउँदै ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट पुष्टी भएको छ । अनुमति बिना सञ्चालित कार्यालयमा पुग्नेलाई उनीहरुले जापान, क्यानडा तथा अमेरिकाको ग्रीन कार्ड ग्यारेन्टीका साथ उपलब्ध गराउने भन्दै ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले अमेरिकी ग्रीन कार्डको प्रक्रियाका लागि २ वर्ष समय लाग्ने र त्यसका लागि ५० लाखसम्म पैसा लाग्ने भनेर दर्जनौबाट करोडौँ असुल गरिसकेको प्रहरीको दाबी छ ।