Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मारिएको २१ वर्षपछि राजाका ज्वाइँविरुद्ध करोडौँको भ्रष्टाचार मुद्दा


    शुक्रबार, भाद्र १० २०७९
    885
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौँ ।  सरकारी जग्गा आफ्नो नाममा दर्ता गरेको आरोपमा स्व.पूर्वराजा महेन्द्र शाहका छोरीज्वाइँ कुमार खड्गविक्रम शाहसहित ३१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा परेको छ ।  १० कट्ठा १२ धुर सरकारी जग्गा आप्नो नाममा गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध अदालतमा मुद्दा दिएको हो । 
     

    महेन्द्रको छोरी शारदाका पति शाहसहित ३१ जनासँग अख्तियारले २९ करोडभन्दा बढी बिगो माग दाबी  गरेको छ । तर, उनको २१ वर्षअघि दरबार हत्याकाण्डमा मृत्यु भईसकेको छ ।  १९ जेठ २०५८ को दरबार हत्याकाण्डमा कुमार खड्गविक्रम पत्नी शारदाका साथ मारिएका हुन् । 

    त्यसअघि नै स्व. शाहले धनुषा साबिक पिडारी–५ स्थित किनं १३२, किनं १३३, किनं १३४, किनं १३५ र किनं ६ को जम्मा ८ बिगा, १० रोपनीभन्दा बढी सरकारी जग्गा गैरकानुनी रूपमा गुठी संस्थान तथा मालपोत कार्यालयका कर्मचारीलाई प्रलोभनमा पारेर आफ्नो नाममा दर्ता गरेको पुष्टी भएको अख्तियारले बताएको छ । 

    हाल, प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(४) ले निरन्तरता दिएको देखिन आए पनि शाहको मृत्यु भइसकेको हुँदा ‘अपराधीसँगै अपराध मर्छ’ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त एवं मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३३ र १५८ समेतको कानुनी व्यवस्थाबमोजिम ‘निजलाई कैद र जरिमाना सजाय हुन नसक्ने व्यवस्था भएकाले सोहीबमोजिम मुद्दा दर्ता गरेको’ आयोगले जनाएको छ ।

    उनीसहित जनकपुर गुठीका तत्कालीन कार्यालय प्रमुख मधुप्रसाद बस्ताकोटी, मालपोत कार्यालय धनुषाका तत्कालीन नायब सुब्बा यमुनाप्रसाद पंजियार, मालपोत कार्यालय धनुषाकै तत्कालीन खरिदार जगदेव कामती, दिवशविक्रम शाह, विभाकुमारी यादव, राजकिशोर महासेठ, विमला देवी, विजयकुमार मण्डल, चन्द्रकलाकुमारी देवी, त्रिफलाकुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, सज्ञान देवी, पुष्पा सिंह, लक्ष्मी नारायण मिश्रा, नितु कुमारी झाविरुद्ध मुद्दा परेको छ । 

    अख्तियारले शर्मिला कुमारी, रेणुकुमारी राय, नवलकिशोर यादव, जयकुमार गोइत, रिता देवी, सिकलीदेवी यादव, नवीनकुमार झा, मीना कर्ण, विपेन्द्र कुमार मिश्र, राधिकादेवी यादव, मोमिना बेगम र गजेन्द्र ठाकुरलाई विपक्षी बनाउँदै अदालतमा मुद्दा हालेको हो । 

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार