Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुरमा भिरबाट लडेर एक जनाको मृत्यु


    बिहिबार, भाद्र ९ २०७९
    795
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ ।  उदयपुरको कटारी नगरपालिका–१० सोतास्थित ६० वर्षीय वृद्ध फौदबहादुर श्रेष्ठको घर नजिकैको भिरबाट लडेर ज्यान गएको छ । घर नजिकै रहेको गोदाममा किराना पसलको सामान राखी घर फर्किने क्रममा अचानक भिरबाट लडेर उनको मृत्यु भएको हो । 

    उनको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।  प्रहरीका अनुसार लास पोस्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको  छ । 

    घटनाको आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी इप्रका कटारीबाट प्रनाउको कमान्डमा टोली खटिएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार