Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ


    बिहिबार, भाद्र ९ २०७९
    450
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौँ। काठमाडौंमा जुवातास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–३२ काँडाघारीमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो। 

    सूर्यमुखी चोक डेरा गरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका–९ घर भएका ४९ वर्षीय सन्त सिंह लामाको कोठामा जुवातास खेलिरहेका उनीहरुलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

    विशेष सूचनाको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७८ हजार ५ सय ४० रूपैयाँ र २४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।  घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।   

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार