Nepal Face
  • आइतबार, १० साउन २०८३
  •  सलोन र करिश्मा बिहे गर्दै


    बुधबार, भाद्र ८ २०७९
    1K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । चर्चित अभिनेता सलोन बस्नेत र प्रेमिका करिश्मा केसीले तीन वर्षसम्म गुपचुप राखेका प्रेम सम्बन्धलाई अब छिट्टै बिहेमा परिणत गर्दै छन्। उनीहरुले आफ्नो प्रेम सम्बन्ध भ्यालेन्टाइन्स डेमा मात्र सार्वजनिक गरेका थिए ।

    उनीहरु भन्छन् ‘बिहेका लागि परिवारले पनि अनुमति दिनुभएको छ । अब दुई वर्षभित्रै बिहे गर्ने हाम्रो योजना छ,’ सलोनले भने,। 

    करिश्माले पनि यो सन्दर्भमा लेखेकी छन्, ‘सधैं घाम र इन्द्रेणी हुनेछ भनेर म वाचा गर्न सक्दिनँ, तर म तिमीलाई मेरो माया, मेरो बफादारी, तिमीलाई खुसी पार्न, तिमीसँगै सपना देख्न, तिमीलाई प्रोत्साहन देख्न, तिम्रो सबैभन्दा मिल्ने साथी बन्न र तिम्रो परिवार बन्ने वाचा गर्छु । म तिमीलाई माया गर्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार