Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • भारतबाट एक महिनाभित्रमा २० अर्ब बढीको डिजेल, पेट्रोल र एलपी ग्यास आयात 


    बुधबार, भाद्र ८ २०७९
    585
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ।  नेपालले भारतबाट चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिनाभित्रमा २० अर्ब ६४ करोड ४८ लाख ५६ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको छ । 

    गत साउन महिनामा उक्त मूल्य बराबरको डिजेल, पेट्रोल र एलपी ग्यास नेपाल भित्रिएको हो । 

    विभागका अनुसार साउनमा नेपालले ८ अर्ब ९८ करोड ९ लाख २ हजार रुपैयाँको डिजेल र सोही समयमा भारतबाट ६ अर्ब ३८ करोड ५९ लाख ५३ हजार रुपैयाँको पेट्रोल र ५ अर्ब २७ करोड ८० लाख १ हजार रुपैयाँको एलपी ग्यास नेपाल भित्रिएको छ । 

    नेपालले अघिल्लो आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा १४ अर्ब ६१ करोड ६२ लाख ६९ हजार रुपैयाँको डिजेल, पेट्रोल र एलपी ग्यास आयात गरेको थियो । 

    नेपालले गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा ६ अर्ब २ करोड ८५ लाख ८७ हजार रुपैयाँ बढीको डिजेल, पेट्रोल र एलपी ग्यासआयात गरेको छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार