काठमाडौ। नारायणी नदीमा एक युवतीले मंगलबार हाम फालेकी छन्। चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित नारायणी पुलबाट २६ वर्षीय एक युवतीले हाम फालेपछि प्रहरीले खोजी कार्य गरिरहेको छ।
चितवन खैरहनी नगरपालिका ७ बस्ने ऋचा उप्रेतीले नदिमा हाम फालेको खबर आएपछि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले बताए।
उनले मंगलबार ३ बजेतिर हाम फालेको जानकारी आएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको टोलीले मंगलबार उनलाई नभेटिएकाले आज पनि खोजी कार्य गरिरहेको छ।