एजेन्सी। २५ वर्षीया एक सिख महिलालाई मुस्लिम पुरुषसँग जबरजस्ती विवाह गरेको मुद्दामा पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पुलिसले निस्किृयता देखाएको भन्दै अल्पसंख्यक सिख समुदायका सदस्यहरूले विरोध गरेका छन् ।
प्रदर्शनकारीले सडक लामो समयसम्म अवरुद्ध गरेका थिए । शिख समुदायका सदस्यहरूले आफ्नो भाषणमा स्थानीय पुलिसले उनीहरूलाई सहयोग नगरेको र जीवन,सम्पत्तिको सुरक्षाको माग उनीहरुले गरेका छन्।
सिख महिला मीना कुमारीलाई पहिले भाग्न बाध्य पारेर मुस्लिम पुरुषसँग जबरजस्ती विवाह गरेको उनीहरूको आरोप छ ।